आइपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ

काठमाडाैं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यहि मंसिर १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
उक्त आइपीओमा लगानीकर्ताले मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया