आइपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ
काठमाडाैं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यहि मंसिर १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
उक्त आइपीओमा लगानीकर्ताले मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया