चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण
हुम्ला । हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ ।
चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।
सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। उनले भने, ‘गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।
नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ सुरक्षाकर्मी खटिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया