टिकटक प्रतिबन्दविरूद्ध परेको रिटमा सोमबार सुनुवाइ
काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरूद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
भोलि शनिबार र पर्सि आइतबार छठ पर्वको कारण अदालत नखुल्ने हुँदा मंसिर (आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो ।
टिकटक प्रतिबन्द्ध गर्ने सरकारको निर्णयविरूद्ध अधिवक्ता दिनेश त्रिपाठीसहित आठ वटा रिट दर्ता भएको थियो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले ‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया