विश्वकप फाइनलमा अष्ट्रेलियन कप्तानको उत्कृष्ट बलिङः ३० बल डट, एउटै बाउन्ड्री दिएनन्

काठमाडौं । एकदिवसिय क्रिकेट विश्वकपको फाइनलमा भारतलीय ब्याट्सम्यानमाथि अष्ट्रेलियन बलर हाबी भएका छन् । यसअघि अपराजित भएको भारतले फाइनलमा जम्मा २४० रनमा समेटिएको छ ।
टस जितेर सुरुमा अष्ट्रेलियाले बलिङ गरेकोमा उसका सबै बलरले राम्रो बलिङ गरे । त्यसमा पनि कप्तान पाट क्युमिन्स्को बलिङ अझै उत्कृष्ट रह्यो । उनले १० ओभरमा दुई विकेट लिदा जम्मा ३४ रन खर्चिए । ३० बल डट फालेका उनले एक पनि बाउन्ड्री दिएनन् । उनले विराट कोहली र श्रेयस ऐयरको महत्वपूर्ण विकेट लिएका थिए । ती दुई विकेटले नै भारतले २४० रनमै समेटिएको छ ।
शनिबार पत्रकार सम्मेलनमा उनले आफ्नो लक्ष्य स्टेडियममा भारतका मात्र दर्शक हुने भएकाले दर्शकलाई शान्त गराउनु नै आफ्नो लक्ष्य भएको बताएका थिए । बलिङबाट भने उनले दर्शकलाई शान्त बनाएका छन् । ब्याटीङमा पनि उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई ‘शान्त’ बनाउन सके अष्ट्रेलियाले छैटौं पटक एकदिवसिय क्रिकेटको उपाधी चुम्नेछ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया