विश्वकप फाइनलमा अष्ट्रेलियन कप्तानको उत्कृष्ट बलिङः ३० बल डट, एउटै बाउन्ड्री दिएनन्
काठमाडौं । एकदिवसिय क्रिकेट विश्वकपको फाइनलमा भारतलीय ब्याट्सम्यानमाथि अष्ट्रेलियन बलर हाबी भएका छन् । यसअघि अपराजित भएको भारतले फाइनलमा जम्मा २४० रनमा समेटिएको छ ।

टस जितेर सुरुमा अष्ट्रेलियाले बलिङ गरेकोमा उसका सबै बलरले राम्रो बलिङ गरे । त्यसमा पनि कप्तान पाट क्युमिन्स्को बलिङ अझै उत्कृष्ट रह्यो । उनले १० ओभरमा दुई विकेट लिदा जम्मा ३४ रन खर्चिए । ३० बल डट फालेका उनले एक पनि बाउन्ड्री दिएनन् । उनले विराट कोहली र श्रेयस ऐयरको महत्वपूर्ण विकेट लिएका थिए । ती दुई विकेटले नै भारतले २४० रनमै समेटिएको छ ।
शनिबार पत्रकार सम्मेलनमा उनले आफ्नो लक्ष्य स्टेडियममा भारतका मात्र दर्शक हुने भएकाले दर्शकलाई शान्त गराउनु नै आफ्नो लक्ष्य भएको बताएका थिए । बलिङबाट भने उनले दर्शकलाई शान्त बनाएका छन् । ब्याटीङमा पनि उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई ‘शान्त’ बनाउन सके अष्ट्रेलियाले छैटौं पटक एकदिवसिय क्रिकेटको उपाधी चुम्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया