न्यायाधीश नियुक्तिमा भागबन्डा, माओवादीको कोटा रिक्त
काठमाडौं । अदालतमा फेरि पनि भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति गरिएको छ । मंगलबार सर्वाेच्च अदालतमा ६ न्यायाधीशको नियुक्ति गर्दा प्रमुख दलले भागबनडा गरेका छन् ।
न्याय परिषद्को बैठकले शारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई सिफारिस गरेको हो ।
उनीहरुमध्ये सुनिल पोखरेल र बालकृष्ण ढकाल वरिष्ठ अधिवक्ता हुन् भने अन्य चार जना उच्च अदालतका न्यायाधीश हुन् । पोखरेल कांग्रेस निकट तथा ढकाल एमाले निकट कानून व्यवसायी हुन् । सर्वाेच्चमा थप एक न्यायाधीशको पद रिक्त छ । जसमा महान्यायाधीवक्ता डा.दिनमणि पोखरेल माओवादीबाट नियुक्त हुने बताइएपनि उनको नाममा सहमति हुन नसकेपछि मंगलबार माओवादीको कोटा खाली राखिएको छ ।
ताजा अपडेट
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय
-
१ सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
प्रतिनिधिसभा बैठक बस्दै
-
यी हुन् औद्योगिक क्षेत्रको करोडौं भाडा नतिर्ने उद्योगहरू


प्रतिक्रिया