भूकम्प प्रभावित क्षेत्रको लागि साइमेक्स इंकको ११ लाख सहयोग
काठमाडाैं । साइमेक्स इंकले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायतस्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपालका लागि विवाइडी अटो इन्डष्ट्रीको अधिकृत वितरक साइमेक्स इंक प्राइभेट लिमिटेडले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ, जसअन्तर्गत हरेक विवाइडी डोल्फिन बुक गरेमा दश हजार रुपैयाँ र BYD ATTO 3 बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ । यो योजना मङ्सिर २३ गते सम्म लागु हुनेछ । यी बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको छ। साइमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ।
कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावित हरुकालागि भनि प्रदान गरेका थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठ भन्छन्, ‘यो कठिन समयमा हामी जाजरकोट र रुकुम पुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ। भूकम्प प्रभावितहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया