क्यालिफोर्नियाको नाइटक्लबनजिकै गोली चल्यो, ६ को मृत्यु
गणेश थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित साक्रामेन्टोमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान सबेरै भएको सो घटनामा परी अन्य १० जनाभन्दा बढी घाइते भएका छन् ।
साक्रामेन्टो शहरको व्यस्त इलाका डाउनटाउन क्षेत्रमा रहेको नाइटक्लबनजिकै बिहान करिबव २ बजेतिर मानिसहरूको समूहबीच गोलाबारी भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
घटनास्थलमा तत्कालै पुगेको प्रहरीले घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुर्याएको छ ।
घटनाको बारेमा थप प्रहरी परिचालन गरी खोजतलास तथा अनुसन्धानको कार्य भइरहेको स्थानीय प्रहरीले बताएको छ ।
गोलीकाण्डमा संलग्न रहेकाहरूलाई नियन्त्रणमा लिने प्रयासस्वरूप घटनास्थलको अवलोकन र गोली लागेर घाइते भएका र अन्य पक्षसँग समेत सोधपुछ गरिरहेको प्रहरीको भनाइ छ ।
अमेरिकामा माससुटिंगका यस्ता गोलाबारी बाराम्बार दोहोरिरहन्छन् । व्यक्ति एवं समूहबीच हुने गोली हानाहानका घटनामा परी सयौं मानिसको ज्यान जाने गरेको छ ।
व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने खुकुलो नीतिको विभिन्न सरोकारवाला पक्षबाट विरोध भइरहे पनि त्यसमा परिवर्तन आएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया