श्रीलंकामा प्रधानमन्त्रीपुत्रसहित २६ मन्त्रीद्वारा सामूहिक राजीनामा
काठमाडौं (एजेन्सी) । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । जारी प्रदर्शन नियन्त्रणबाहिर गएपछि देशव्यापी संकटकाल घोषणा गरिएको पर्सिपल्ट त्यहाँका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
बिबिसीले श्रीलंकाका २६ मन्त्रीले राजीनामा बुझाएको त्यहाँका शिक्षा मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रीहरूले विकसित परिस्थितिमाझ राजीनामा दिए पनि राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री महिन्द्र राजपक्षले भने राजीनामा दिएका छैनन् । तर मन्त्रिपरिषद्मा सहभागी प्रधानमन्त्रीपुत्रले भने राजीनामा दिएका छन् ।
अर्थतन्त्रको मुख्य मेरुदण्ड पर्यटन व्यवसायमा महामारीले मन्दी आएपछि विकसित घटनाक्रमले श्रीलंका इतिहासमै खराब आर्थिक संकट सामना गरिरहेको छ । त्यहाँका जनताले १० घण्टा लामो लोडसेडिङसँगै पेट्रोलियम पदार्थको चर्को अभाव झेलिरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया