गृहको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको विज्ञप्तिमा प्रयोग गरिएको भाष्य आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको हो ।’
व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्नसक्ने भन्ने जीता वाक्यांश प्रेश स्वतन्त्रता विरुद्ध प्रयोग हुनसक्ने भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
अघि भनिएको छ, ‘विज्ञप्तिमा उल्लेख (व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने) भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’
सम्बन्धित समाचार
अनुमतिबिना कसैको तस्बिर र भिडियो सार्वजनिक नगर्नुहोस् ? कारबाहीमा परिएला
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १७:१९:००
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया