आज उपत्यकाभित्र गाडी नचलाउन ट्राफिक प्रहरीको आग्रह
काठमाडौं । ट्राफिक प्रहरीले आज बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाडी नचलाउन आग्रह गरेको हो ।
ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया