अब सहकारी दर्ता गर्न नपाइने
काठमाडौं । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सहकारी दर्तामा रोक लगाएको छ ।
गत २३ कात्तिकमा बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णयबारे अवगत गराउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
मन्त्रिपरिषद्ले महानगरपालिका, उपमहानगरपालिका नगरपालिकालाई कार्यक्षेत्र बनाएर ऋण कारोबार गर्नका लागि नयाँ संस्था दर्तामा रोक लगाएको छ ।
अर्को सूचना जारी नभएसम्म गाउँपालिकावाहेक अन्यमा सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको हो ।
पछिल्लो समय सहकारी संस्थाबनट जोखिमयुक्त लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ भने अर्कोतर्फ बचतकर्ताको बचत फिर्ता हुन सकेको छैन ।
यही जोखिम टार्नका लागि यस क्षेत्रको लागि समाधानको लागि यो व्यवस्था लागू गरिएको जनाइएको छ ।

ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया