अब सहकारी दर्ता गर्न नपाइने

काठमाडौं । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सहकारी दर्तामा रोक लगाएको छ ।
गत २३ कात्तिकमा बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णयबारे अवगत गराउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
मन्त्रिपरिषद्ले महानगरपालिका, उपमहानगरपालिका नगरपालिकालाई कार्यक्षेत्र बनाएर ऋण कारोबार गर्नका लागि नयाँ संस्था दर्तामा रोक लगाएको छ ।
अर्को सूचना जारी नभएसम्म गाउँपालिकावाहेक अन्यमा सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको हो ।
पछिल्लो समय सहकारी संस्थाबनट जोखिमयुक्त लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ भने अर्कोतर्फ बचतकर्ताको बचत फिर्ता हुन सकेको छैन ।
यही जोखिम टार्नका लागि यस क्षेत्रको लागि समाधानको लागि यो व्यवस्था लागू गरिएको जनाइएको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया