आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि मङ्सिर ९ गते पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया