विवादकाबीच सिग्देल रथी बढुवामा सिफारिस, बन्लान् प्रधानसेनापति ?
काठमाडौं । जन्म मितिको विवादकाबीच उपरथी अशोक सिग्देलको रथी बढुवामा सिफारिस भएको छ । रथीमा बढुवा भएमा उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् ।
रिक्त रहेको रथी पदमा यसअघि ताराध्वज पाण्डेको बढुवा सिफारिस भएको थियो । तर, जन्ममितिको विवादपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि सिग्देलको भाग्य खुलेको हो ।
नेपाली सेनामा रथीका दुई पद छन् । रथी सरोजप्रताप राणा गत महिना अवकाश पाएदेखि एक पद रिक्त छ । जसमा सिग्देलको बढुवा सिफारिस भएको हो । उनको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्ममिति रहेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । यद्यपी सैनिक नेतृत्वले उनको बढुवा सिफारिस गरेको छ । सैनिक मुख्यालयले उनको बढुवा सिफारिस गरी एक साताभित्र उजुरीका लागि सूचना प्रकाशन गरेको छ ।
पाण्डेको जन्ममिति प्रकरण बाहिर ल्याएर भावी प्रधानसेनापतिका लागि सिग्देलले नै चलखेल गरेका थिए । यसले सेनाभित्र पनि प्रधानसेनापतिका लागि राजनीतिकरण सुरु भएको चर्चा सेनाभित्र छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया