महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत गर्ने

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको हो । बैंकले २०७७ सालमा बँगैचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आईरहेको छ ।
बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पु¥याउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ । महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष श्री पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्वता जनाएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया