सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य बुधबारकै मूल्य एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
आज तेजावी सुनको मूल्य पनि स्थिर कामय भइ १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार बिहीबार चाँदी बुधबारकै मूल्य एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया