एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया