बाजुरामा जीप दुर्घटना, एकको मृत्यु
बाजुरा । बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका-९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए ।
उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नंको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ ।
जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपचालक खत्याड -९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया