चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिस्टिङ (सूचीसहित)
काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा १२ जनाको नाम सर्ट लिस्टिङमा परेको छ । आयोगको निर्देशक पदका लागि यही मंसिर ५ गते दरखास्त आह्वान भएकोमा १२ जनाको नाम सर्ट लिस्टिङमा परेको हो ।
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको कार्यसम्पादन सम्बन्धी कार्यविधि, २०८० अनुसार रिक्त निर्देशक पदमा नियुक्तिका लागि १२ जनाको नाम अल्पसूचीमा प्रकाशित गरिएको निर्देशक नियुक्ति सिफारिसका लागि गठित समितिले जनाएको छ ।
अल्पसूचीमा परेका उम्मेदवारहरूमा डा. कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह तिंकरी, प्रा.डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा.डा. सरला श्रेष्ठ र प्रा.डा. सुजनबाबु मरहठ्ठा छन् ।
त्यसैगरी, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित र हरिप्रसाद बस्याल पनि सर्ट लिस्टिङमा परेका छन् ।
अब अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण हेरेर निर्देशक छनोट गरिनेछन् । त्यसका लागि उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता भोलि मंसिर १८ गतेका लागि तोकिएको समितिले जनाएको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया