माथिल्लो मुगु र रारा क्षेत्रमा हिमपात
मुगु । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो ।
मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ ।
रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका उनले बताए ।
सदरमुकाम गमगढीमा पानी पर्न सुरु गरेको छ । अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढा बताए ।
पानी र हिमपात हुन थालेपछि हिउदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुसी भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया