पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौं । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कार्स्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया