रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ ।
रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज पार्टी कार्यालय चः मति वनस्थलीमा बस्ने बताइन् ।
‘साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ’, उनले भनिन् । सहप्रवक्ता रावलका अनुसार आज दिउँसो थपिएका केन्द्रीय सदस्यहरुले शपथ लिने कार्यक्रम रहेको छ ।
महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीको २६ जना केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया