नियमविपरीत सञ्चालित ई-रिक्सा नियन्त्रणमा
जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ ।
सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार मङ्गलबार एक सय ३२ ई-रिक्सालाई नियन्त्रणमा लिइएको छ ।
नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
‘यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई-रिक्सालाई गुड्न दिइने छैन’, प्रजिअ पोखरेलले भने, ‘यातायातमा प्रक्रिया पु¥याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई-रिक्सा चल्ने अनुमति दिने छौँ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई-रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई-रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई–रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताए ।
उपमहानगरपालिकाद्धारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो । नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताए ।
करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा झन्डै १० हजार ई–रिक्सा गुडेको उनको भनाइ छ । हालसम्म नेपालगञ्जमा दुई हजार आठ सय ई–रिक्सामात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया