खानेपानीको समस्या झेल्दै जलारी समुदाय
अन्नपूर्ण। छेवैमा फेवातालको पानी टलपल-टलपल भए पनि ताल किनारका जलारी समुदायले भने खानेपानीको समस्या भोगिरहेका छन् ।
पोखरा महानगरपालिका–१८ खपौँदीका ९१ घरपरिपार जलारी खानेपानीका लागि भौतिरिरहेका भेटिन्छन् । पर्यटकीय क्षेत्र लेकसाइडबाट केही परका यी समुदाय पानीका लागि दैनिक धारामा लाइन बस्न बाध्य छन् ।
राज्यले जलारी समुदायलाई वास्ता नगरेका कारण खानेपानीको समस्या भोग्नुपरेको स्थानीय बुद्धिमाया जलारीले बताइन् । पानीले टलपल फेवाताल किनारका जलारी समुदाय काकाकुलको अवस्थामा रहेको उनले सुनाइन् ।
‘नेताहरु भोट माग्न आउँदा घरघर मै पानी ल्याइदिन्छु भन्छन् तर अहिलेसम्म एक घर, एक धारा भएको छैन्,’ बुद्धिमायाले भनिन्, ‘हामीले नै पैसा उठाएर बनाएको धारामा पनि पानी नआउँदा अर्काको घरमा गएर पानी ल्याउनुपर्छ ।’
पानीको जोहो गर्दागर्दै बिहान बित्ने गरेको अर्का स्थानीयवासी सारा जलारीले बताइन् । ‘भात–तरकारी पकाउन, भाडा धुन, लुगा धुन सबै कामका लागि पानी चाहियो । पानी बोक्दाबोक्दै एउटा महिलाको बिहान बित्छ,’ उनले भनिन्, ‘तालकै छेउमा बसेर पनि दूषित पानी खान त मिलेन नि । यही पानी खानयोग्य बनाउन पनि सरकारले ध्यान दिनुप¥यो ।’
प्रदेश सरकारको ‘एक घर एक धारा’ नीतिअनुसार जलारी समुदायले सुविधा नपाएको स्थानीयवासी नेत्रबहादुर जलारीले बताए। ‘नेपाल सरकारले पनि भनेको छ ‘एक घर एक धारा’ यो सबै ठाउँमा छ,’ उनले भने, ‘तर, हामीले पाएका छैनौँ । जलारी समुदायका के मान्छे होइन् रु यदि मान्छे हो भने अरुले पाएको कुरा हामीले पनि पाउनुप¥यो ।’ सरकारले वास्ता नगरेपछि दुई वर्ष पहिले पत्येक घरबाट पैसा उठाएर पाइप खरिद गरी एउटा धारा बनाएर पानी खाएको स्थानीय उनले बताए ।
‘कतैबाट पनि सहयोग नपाएर हामीले नै पैसा उठाएर माथि मुहानबाट पानी ल्याएर खाने गरेका छौँ,’ नेत्रबहादुरले भने, ‘त्यही पनि फागुन चैतमा त सुक्छ अनि जारको पानी किनेर खाने हो । कहिलेकाहीँ मूलतिरै पाइप काटिदिने पनि गर्दछन् ।’
पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पानीका लागि वडा र महानगरले पहल गरिरहेको जानकारी दिए । ‘यो वडाको पानीका मूल एकीकृत गरी वितरण गर्न लौरुक खानेपानी योजना छ ।
प्रदेश मातहतबाट आठ वटा ट्याङ्की बनेका छन्,’ उनले भने, ‘जलारी बस्ती भन्दामाथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउनुपर्ने छ । यसका लागि पत्राचार पनि गरिसकिएको छ ।’ यो वर्षभित्र ट्याङ्की निर्माण गरी पानी वितरण गर्ने योजना रहेको वडाध्यक्ष तिमिल्सिनाले सुनाए । जलारी समुदायमा खानेपानीको समस्या समाधानका लागि त्यस क्षेत्रका सांसदहरूले पनि साथ दिनुपर्नेमा उनले जोड दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया