एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन
काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यावधि दिएको पनि प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया