त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्।
फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको र सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट चन्द्र घले काठमाडौं आएका थिए । उनको साथबाट कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन बरामद गरिएको थियो ।
पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया