त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्।
फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको र सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट चन्द्र घले काठमाडौं आएका थिए । उनको साथबाट कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन बरामद गरिएको थियो ।
पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया