विपिन जोशीका आमा-बुबालाई प्रधानमन्त्रीले के भने ?
कैलाली । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुगेका छन् । धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उनी विहान धनगढी आएका हुन् ।
प्रधानमन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुवासँग पनि भेटघाट गरे। भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए ।
अहिले दाहाल कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् ।
सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
बुधबार ललितपुरमा सार्वजनिक बिदा
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
प्रतिक्रिया