विपिन जोशीका आमा-बुबालाई प्रधानमन्त्रीले के भने ?
कैलाली । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुगेका छन् । धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उनी विहान धनगढी आएका हुन् ।
प्रधानमन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुवासँग पनि भेटघाट गरे। भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए ।
अहिले दाहाल कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् ।
सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया