बेनीघाट रोराङ गाउँपालिकाको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न
काठमाडाैं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज भव्यताका साथ समापन गरेको छ ।
गाउँपालिकाले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मसिंर ९ बाट ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको एक्यबद्धता गरौं’ भन्ने राष्ट्रिय नाराका साथ सञ्चालन गरेको थियो ।
गाउँपालिकाका प्रमुख अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), उपाध्यक्ष टाप बहादुर क्षेष्ठ, पालिकाकी प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेकाे प्रमुख अतिथ्यमा गाउँपालिकाले उक्त कार्यक्रम समारोह भव्यताका साथ समापन गरेकाे हाे । साथै कार्यक्रममा स्थानीय महिला तथा किशोरी समुह, गाउँपालिकालको १० वटै वडाका वडाअध्यक्षहरू, महिला नेत्रृ, महिला अघिकारकर्मी लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा विविन्न सांस्कृति तथा सृजनात्मक कार्यक्रमसँगै मनोरञ्जात्मक कार्यक्रमसमेत राखिएको थियो । कार्यक्रममा विद्यार्थी समूहलाई महिला हिंसा तथा सशक्तीकरणसम्बन्धी निबन्ध प्रतियोगिता गराइएको थियो । जसमा पहिलो हुने विद्यार्थीलाई पुरस्कारको वितरणसमेत गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा महिला समुहबाट महिला हिंसासँग सम्बन्धित गीत लेखन तथा प्रस्तुतिकरण प्रतियोगिता पनि गरिएको थियो । जसमा उत्कृष्ट गीत लेख्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो । महिला हिंसाको अन्त्यका लागि गाउँपालिकाले उक्त १६ दिने अभियान चलाएको जनाएको छ ।
ताजा अपडेट
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त


प्रतिक्रिया