अनेरास्ववियूले दाबी गरेका ओली सरकारका १०१ उपलब्धि

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले एमाले नेतृत्वको सरकारले गरेका राम्रा १०१ कामलाई समेटेर पकेट डायरी प्रकाशित गरेको छ ।
चैत १८–१९ काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बसेको अनेरास्ववियूको प्रथम विस्तारित केन्द्रीय कमिटी बैठकमा उक्त डायरी सार्वजनिक गरेको हो ।
डायरीको पहिलो पृष्ठमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सासहित अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको छ ।
जम्मा १२ पृष्ठको डायरी रहेकोमा प्रथम पृष्ठबाहेक प्रत्येक पृष्ठमा १०–१० उपलब्धि राखिएका छन् । अन्त्यमा शुभकामनासहित अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालको तस्बिर राखिएको छ ।
पृष्ठ १ मा चुच्चे नक्सा प्रकाशनलाई पहिलो उपलब्धि मानिएको छ । त्यसपछि शिक्षा, युवा, रोजगार तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा क्षेत्रमा भएका १०–१० उपलब्धि उल्लेख गरिएको छ ।
त्यस्तै पूर्वाधार निर्माण, पर्यटन, उद्योग वाणिज्य आपूर्ति, उर्जा तथा जलस्रोत, कृषि तथा पंक्षी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण क्षेत्रमा भएका १०–१० उपलब्धि समेटिएको छ ।
यस्ता छन् दाबी गरिएका १०१ उपलब्धि :
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया