भारतको जोगबनीमा विराटनगरका युवकमाथि गोली प्रहार
विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो। गोली प्रहार हुँदा निर्दोषको तिघ्रामा गोलीको छर्रा लागेको प्रहरीले बताएको छ।
घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया