काठमाडौंमा यो वर्षकै चिसो, कति पुग्यो न्यूनतम तापक्रम ?
काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र अझै तापक्रम घटेर जाडो बढ्ने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद सरोज पुडासैनीका अनुसार आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको हो । उनले भने, ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ, तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’
आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया