काठमाडौंमा यो वर्षकै चिसो, कति पुग्यो न्यूनतम तापक्रम ?
काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र अझै तापक्रम घटेर जाडो बढ्ने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद सरोज पुडासैनीका अनुसार आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको हो । उनले भने, ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ, तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’
आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया