शिक्षा र स्वास्थ्य क्षेत्रमा दलीय भागबण्डा रोक्नुपर्छ : अध्यक्ष बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई दलीय भागबण्डाबाट मुक्त नगरेसम्म दुवै क्षेत्रमा गुणस्तर कायम नहुने बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इञ्जिनियरीङको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीय भागबण्डा अन्त्य हुनुपर्ने बताएका हुन् । अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ सेवा गर्ने जनशक्ति उत्पादन गर्ने स्थानमा दलीय भागबण्डा हुननहुनेमा जोड दिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएका शैक्षिक प्रतिष्ठानका प्रगति विवरण प्रस्तुत गरे ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुरलाई ज्ञानको केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले निर्वाह गरेको योगदानको सराहना गरे ।
अध्यक्ष बिजुक्छेले दुवै कलेजमा १० र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया