लमजुङमा महिला र बालबालिका हराउने क्रम बढ्यो

लमजुङ । प्रहरी तथा सम्बन्धित निकायले विभिन्न सचेतनामूलक कार्यक्रम गरे पनि गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने बढदै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् ।
हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र ११ पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँले बताए । उनका अनुसार हराएकामध्ये १७ महिला, एक बालक, छ बालिका, तीन ज्येष्ठ नागरिक र तीन पुरुष फेला परेका छन् । अझै चार महिला, एक बालिका, एक ज्येष्ठ नागरिक, आठ पुरुष भेटिएका छैनन् । हराएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा महिला, बालबालिका, ज्येष्ठ नगारिक तथा पुरुष गरी ९८ जना हराएका थिए । हराउनेमा महिला ४८, पुरुष २४ बालक नौ, बालिका २१, ज्येष्ठ नगारिक पाँच जना हराएको प्रहरीले जनाएको छ । हराउनेमध्ये ४१ महिला, १८ पुरुष, नौ बालक, २१ बालिका र चार ज्येष्ठ नागरिक र फेला परेका थिए भने सात महिला, एक ज्येष्ठ नागरिक र छ पुरुषको खोजी भइरहेको जनाइएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी एक सय २१ जना हराएका थिए । हराउनेमा ६२ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २६ पुरुष थिए । हराएकामध्ये ५५ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २१ पुरुष फेला परेका थिए भने सात महिला, एक बालिका, पाँच पुरुषको खोजी भइरहेको जनाइएको थियो ।
आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा ९७ महिला, बालबालिका, पुरुष र ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये १४ महिला, दुई बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष बेपत्ता थिए ।
यसरी महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको सङ्गत, घरझगडा, प्रेममा धोकालगायत कारणले महिला तथा बालबालिका हराउने गरेको पाइएको छ । प्रहरीले खोजीका लागि अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया