त्रिभुवन विमानस्थलमा एनएमबिको नयाँ एटीएम सञ्चालनमा
काठमाढौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु-याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ ।
यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।
त्यस्तै, बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया