बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सोमबार स्थिर सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेर एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रूपैयाँले घटेर एक लाख चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया