सल्यानमा जिप दुर्घटना, एक जनाको मृत्यु
दाङ । सल्यानमा मंगलबार बिहान जिप दुर्घटना भएको छ । घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते छन् ।
शारदा नगरपालिका–१ को दारिमचौरबाट श्रीनगरतर्फ गइरहेको भे १ ज ३३६ नम्बरको जीप मंगलबार बिहान ६ बजे दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार, सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको छ । जिपका चालक भने सामान्य घाइते छन् ।
जिप सडकबाट करिब १५ मिटर तल खसेको छ । दुर्घटनाबारे नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया