पत्करभित्र भेटियो महिलाको शव
खोटाङ । तेह्र दिनदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् ।
गत मङ्सिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् ।
पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमानसँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मङ्सिर–१९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् ।
भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका छन् । बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइती घर फर्किएकी थिइन् । तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।
पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए । पवित्राको शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया