अघि बढ्यो केयूकेएलको सिइओ छनोट प्रक्रिया, कसले मार्ला बाजी ?
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को छनोट प्रक्रिया अघि बढेको छ ।
केयुकेएल प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट सिइओ छनोट गर्न गत असोज २३ गते आवेदन आह्वान गरेको थियो । आवेदन दिनेमध्येबाट ८ जनालाई सर्ट लिस्टिङमा राखेको छनोट समितिले कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताको तयारी गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिले यही पुस १४ गते शनिबार तीन सत्रमा सर्ट लिस्टिङमा परेका उम्मेदवारहरूको कार्यपत्र प्रस्तुतीकरण राखिएको जनाएको छ । समितिका अनुसार, अन्तर्वार्ता कार्यक्रम कार्यपत्र प्रस्ततीकरणको दिन जानकारी गराइनेछ ।
केयुकेएलका तत्कालीन सिइओ मिलन शाक्य पदमुक्त भएपछि रिक्त रहेको पदमा पदपूर्तिका लागि गत असोज २३ गते आवेदन आह्वान गरिएको थियो । जसमा आवेदन दिनेमध्ये इन्जिनियर श्री अर्जुनबाबु कार्की, उमेशबाबु मरहट्टा, डोलप्रसाद चापागाई, दीपेन्द्र कुमार देव र रमेश केसी सर्ट लिस्टिङमा परेका छन् । त्यसैगरी, अशोककुमार पौडेल, प्रकाशकुमार राई र राजेन्द्र श्रेष्ठले पनि सिईओको सर्ट लिस्टिङमा छन् ।
समितिले कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता गरेर यिनैमध्ये एकलाई केयुकेएलको रिक्त सिइओमा नियुक्त गर्न सिफारिस गर्नेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया