अघि बढ्यो केयूकेएलको सिइओ छनोट प्रक्रिया, कसले मार्ला बाजी ?
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को छनोट प्रक्रिया अघि बढेको छ ।
केयुकेएल प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट सिइओ छनोट गर्न गत असोज २३ गते आवेदन आह्वान गरेको थियो । आवेदन दिनेमध्येबाट ८ जनालाई सर्ट लिस्टिङमा राखेको छनोट समितिले कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताको तयारी गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत छनोट सिफारिस समितिले यही पुस १४ गते शनिबार तीन सत्रमा सर्ट लिस्टिङमा परेका उम्मेदवारहरूको कार्यपत्र प्रस्तुतीकरण राखिएको जनाएको छ । समितिका अनुसार, अन्तर्वार्ता कार्यक्रम कार्यपत्र प्रस्ततीकरणको दिन जानकारी गराइनेछ ।
केयुकेएलका तत्कालीन सिइओ मिलन शाक्य पदमुक्त भएपछि रिक्त रहेको पदमा पदपूर्तिका लागि गत असोज २३ गते आवेदन आह्वान गरिएको थियो । जसमा आवेदन दिनेमध्ये इन्जिनियर श्री अर्जुनबाबु कार्की, उमेशबाबु मरहट्टा, डोलप्रसाद चापागाई, दीपेन्द्र कुमार देव र रमेश केसी सर्ट लिस्टिङमा परेका छन् । त्यसैगरी, अशोककुमार पौडेल, प्रकाशकुमार राई र राजेन्द्र श्रेष्ठले पनि सिईओको सर्ट लिस्टिङमा छन् ।
समितिले कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता गरेर यिनैमध्ये एकलाई केयुकेएलको रिक्त सिइओमा नियुक्त गर्न सिफारिस गर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया