एउटै देशमा १२ वटा फरक समय
काठमाडौं । भौगोलिक हिसाबले फ्रान्स विश्वको ठूला देशमध्येमा ५० औं स्थानमा पर्छ । यसका कतिपय द्धीपहरु विश्वका विभिन्न भागमा फैलिएका छन् । यसकै कारण त्यहाँ १२ वटा टाइम जोन (समय क्षेत्र) छ । जुन विश्वमै सबैभन्दा धेरै टाइम जोन भएको देश मानिन्छ । टाइम जोनलाई स्थानीय समय पनि भन्न सकिन्छ ।
अमेरिका विशाल देश हो । त्यहाँ आधिकारिक रुपमा ९ वटा टाइम जोन छन् । तर दुई अनाधिकारिक टाइम जोन पनि छन् । रुसमा पनि ११ वटा टाइम जोन छन् । यी सबै सोभियत संघ टुक्रिएपछि सन् १९९२ मा बनाइएका हुन् । यसकारण यो देशमा एकै समयमा १० घण्टाको समय फरक पर्छ ।
हिउँले ढाकिने अन्टार्कटिका महादेशमा पनि १० वटा फरक-फरक स्थानीय समय छन् । भौगोलिक आकारमा सानो भए पनि बेलायतले पनि ९ वटा समय क्षेत्रको प्रयोग गर्छ । अष्ट्रेलियामा भने ८ वटा समय छन् । यसको एक क्षेत्रमा बिहान ५ बजेको हुन्छ भने अर्को क्षेत्रमा ११ बजिसकेको हुन्छ ।
क्यानडामा ६ वटा, डेनमार्कमा ५ वटा टाइम जोन छन् । धेरै द्धीप भएको देश न्युजिल्यान्डले पनि ५ वटा स्थानीय समय बनाएको छ । यो देशभित्र विभिन्न स्थानमा एक घण्टा समयको फरक पर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया