तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन
दमौली । बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् ।
क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।
उनले भने, “उहाँ चढेको गाडीमा सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छौँ ।”
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया