अझै एक/दुई दिन पानी पर्ने सम्भावना छैन : मौसमविद्
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू-भागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको छ।बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
मौसमविद् गोविन्द झाका अनुसार उल्लेखनीय मौसम प्रणाली नरहेकाले एक/दुई दिन अझै पानी पर्ने सम्भावना छैन ।
उनका अनुसार अहिले बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ भने दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया