अझै एक/दुई दिन पानी पर्ने सम्भावना छैन : मौसमविद्
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू-भागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको छ।बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
मौसमविद् गोविन्द झाका अनुसार उल्लेखनीय मौसम प्रणाली नरहेकाले एक/दुई दिन अझै पानी पर्ने सम्भावना छैन ।
उनका अनुसार अहिले बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ भने दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।


प्रतिक्रिया