रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको हो ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए ।
यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा-१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका, इलाम-५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीले चौथौपटक पाए विश्वासको मत
-
कांग्रेसले असंसदीय व्यवहार देखायो : प्रधानमन्त्री दाहाल
-
विश्वासको मत लिदै प्रधानमन्त्रीले भने, ‘कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ’
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
प्रतिक्रिया