सफा र स्वस्थ स्किनको लागि जाडो महिनामा के नगर्ने ?

काठमाडौं । गर्मीको तुलनामा जाडो मौसममा हाम्रो छालाबाट पानी निस्किने प्रक्रिया २० देखि २५ प्रतिशतसम्म बढ्ने अध्ययनहरुले देखाएको छ । त्यस्तै छालाको फुस्रोपन पनि ३० प्रतिशतले बढ्ने गर्दछ । यीनै कारणले जाडो मौसममा हाम्रो छाला सुख्खा र फुस्रो देखिन गर्दछ । त्यस्तै गरेर छाला बढी सेन्सेटिभ पनि हुने गर्दछ । त्यसैले जाडो मौसममा स्किन कियर गर्दा अलि बढी सचेत हुनु आवश्यक हुन्छ । आज हामी जाडो महिनामा विशेष गरेर कुन कुन प्रोडक्ट लगाउन सुरु गर्नु हुँदैन भन्ने चर्चा गर्दैछौँ ।
भिटामिन सी सेरम
यो सेरम यति पपुलर भइसकेको छ कि जो सुकैलाई प्रयोग गर्न मन लाग्छ । यदि यसअघि तपाईंले भिटामिन सी सेरम लगाउनु भएको छैन भने जाडो महिनामा यसको प्रयोग नगरेकै राम्रो मानिन्छ । किनभने जाडोको बेलामा छाला बढी सेन्सेटिभ र ड्राई भएको हुन्छ । यसमा भिटामिन सीको प्रयोग गर्दा यो समस्या अझै बढ्न सक्छ ।
टोनरहरु
टोरनमा पनि विशेष गरेर अल्कोहल बेस्ड टोनरहरु जसमा अल्कोहलको मात्रा बढी हुने गर्दछ । यस्तो टोनरहरु विशेष गरेर जाडो महिनामा लगाउनु हुँदैन । यस्तो टोनरहरुले छालालाई सुख्खा बनाउने र स्किनको ब्यारियरलाई पनि ड्यामेज गराउँछ ।
हाई कन्सेन्ट्रेसन भएको रेटिनल सेरमहरु
रेटिनल भनेको एन्टि एजिङका लागि सबैभन्दा राम्रो प्रोडक्ट मानिन्छ । जाडोमा छाला सुख्खा हुने हुँदा हाइ कन्सेन्ट्रेसन भएको रेटिनलले झन् छाला सुख्खा बनाउने गर्दछ ।
आगो ताप्ने, हिटर ताप्ने र घाम ताप्ने बानी
यदि स्किनको राम्रो केयर गर्ने हो र स्किनमा चाया पोतो जस्ता समस्या छ भने यी कुराहरुबाट टाढै रहनु पर्दछ । त्यस्तै अनुहार धुँदा बाफ उँड्ने पानीको सट्टा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।
हामीले यो सुझाव छाला तथा कपाल रोग विशेषज्ञ प्रकाश आचार्यको युट्युबबाट लिएका हौँ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया