राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् ।
उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सपथ लिएका हुन् ।
यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका हुन् ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया