चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

हुम्ला । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।
यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए ।
गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए । हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको शुक्रबारअन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया