सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।
आज बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले भनेको छ, ‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने ठहर गरेको थियो ।

ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया