जग्गा हालसाविक गराउन एक लाख घुस लिने नापी कार्यालयका दुई कर्मचारी नियन्त्रणमा
काठमाडौं । सेवाग्राहीको जग्गा हालसाविक गर्ने क्रममा एक लाख रुपैयाँ घुस माग्ने नापी कार्यालयका दुई कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।
नापी कार्यालय चावहिल १ नं नापी टोली बुढानिलकण्ठमा कार्यरत सर्वेक्षक विनोद केसी र अमिन प्रकाश राज भट्ट उक्त रकम लिइसकेको अवस्थामा भेटिएका हुन् ।
आयोगको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा लगनखेलबाट नियन्त्रणमा लिएको जनाएको छ । सेवाग्राहीको काम पूरा गर्न घुस नदिइ नहुने अडान लिएपछि उनीहरु विरुद्ध उजुरी परेको थियो ।
निवेदकका अुनसार कर्मचारी द्वयले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको १२ आना जग्गाको हालसाविक गर्ने क्रममा घुस मागेका थिए । घुस लिइसकेपछिमात्रै काम अघि बढाउन राजी भएका उनीहरुविरुद्ध उजुरी परेपछि आयोगको टोली खटिएको थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया