जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ
झापा । जबरजस्ती करणी गरेको अभियोगमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
झापा मेचिनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धन बहादुर श्रेष्ठलाई ५२ वर्षीया महिलालाई करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया