कम्युनिस्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना छैन : पोखरेल
राँझा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।”
वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए ।
कम्युनिस्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “विगतमा सकारात्मक सोचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेता–नेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया