मौसममा पश्चिमी वायुको प्रभाव, पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौं । आज देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
मंगलबार राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया