बङ्गलादेशका क्रिकेटर नासिर हुसेनमाथि दुई वर्षको प्रतिबन्ध

ढाका । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसी भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेको आरोप स्वीकार गरेपछि दुई वर्षको प्रतिबन्ध लगाएको छ ।
उक्त प्रतिबन्ध सन् २०२१ अबुधाबी टि–१० लिगका क्रममा भ्रष्टाचारविरोधी नियमहरूको उल्लङ्घन तथा कथित म्याच फिक्सिङका लागि अन्य सात खेलाडी तथा अधिकारीहरूमाथि गरिएको अनुसन्धानपछि लगाइएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अनुसार हुसेनले तीन आरोप स्वीकार गरेका छन्। उनीमाथि दुई वर्षको प्रतिबन्ध लगाइएको छ र यसमा व्यवहारका आधारमा छ महिना निलम्बन हुनेछ ।
हुसेन सात सय ५० अमेरिकी डलर मूल्यको नयाँ आइफोन १२ को ‘उपहार प्राप्ति’ र ‘भ्रष्ट आचरणमा संलग्न हुन उनले प्राप्त गरेको दृष्टिकोण वा निमन्त्रणाको पूर्ण विवरण’ फोनमार्फत भ्रष्टाचारविरोधी अधिकारीहरूलाई बताउन असफल भएको आइसिसीले बताएको छ ।
उनले सम्भावित भ्रष्टाचारको अनुसन्धानमा भ्रष्टाचारविरोधी अधिकारीहरूलाई सहयोग गर्न ‘असफल वा अस्वीकार’ गरेको पनि स्वीकार गरेका छन् ।
“इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहिताको उल्लङ्घनका तीन आरोप स्वीकार गरेपछि खेल सञ्चालक संस्थाले हुसेनमाथि प्रतिबन्ध लगाएको हो”, आइसिसीले दुबईमा भनेको छ, “निलम्बन गरिएको भागका सम्बन्धमा सर्तहरू पूरा गरेमा उनी सन् २०२५ अप्रिल ७ मा अन्तर्राष्ट्रिय क्रिकेट फेरि सुरु गर्न स्वतन्त्र हुनुहुनेछ ।”
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया